जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ३ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ३ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ४ घन्टा अगाडि
  • होमपेज
  • २० जना प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान

२० जना प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ । प्रशासन तथा प्राविधिकतर्फ प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति भएका २१ जनामध्ये २० जना प्रहरी अधिकृतहरू दर्ज्यानीद्वारा सुशोभित भएका छन् । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानीद्वारा सुशोभन गरेका हुन् ।

दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्रशासनतर्फका प्रहरी वरिष्ठ उपरीक्षकहरू विश्व अधिकारी, भुपेन्द्र बहादुर खत्री, सानुराम भट्टराई, ओम प्रसाद अधिकारी, शेखर खनाल, अबि नारायण काफ्ले, सोमेन्द्र सिंह राठौर, मुकुन्द मरासीनी, दीप शम्शेर जवरा, वेल बहादुर पाण्डे, दिनेशराज मैनाली, गोपाल चन्द्र भट्टराई, प्रविण पोखरेल, कृष्ण बहादुर पल्ली मगर, विश्वमणी पोखरेल, तारादेवी थापा र प्रज्वल महर्जन तथा प्राविधिकतर्फका प्रहरी वरिष्ठ उपरीक्षकहरू डा.संज्ञा मल्ल, डा.दिवा शर्मा र डा.आषिश दत्त रहेका छन् । साथै सोही निर्णयबाट पदोन्नति भएका प्रहरी वरिष्ठ उपरीक्षक गंगा पन्त हाल संयुक्त राष्ट्र संघीय मिसनमा कार्यरत रहेका छन् ।

समारोहमा प्रहरी महानिरीक्षक कुँवरले पदोन्नति भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा अभिभावकप्रति कृतज्ञता ज्ञापन गर्दै पदोन्नतिसँगै बढेको जिम्मेवारीलाई फरक ढङ्ग र शैलीले काम गरी प्रहरी संगठनको प्रतिष्ठा बढाउने काममा समर्पित हुने अपेक्षा रहेको बताए । संगठनको विधि र प्रक्रिया अनुसार पदोन्नति भएको उल्लेख गर्दै उनले संगठनप्रति बफादार, इमानदार र निष्ठावान् बन्दै संगठन सुधार गर्ने सुनौलो अवसरलाई आत्मसाथ गरी भावनात्मक रूपमा ऐक्यबद्ध भएर अगाडि बढ्न प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए ।

उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले प्राप्त अवसर, ऊर्जा, हौसला र जिम्मेवारीलाई अझै परिष्कृत, परिमार्जित एवम् उत्कृष्ट तवरले कार्य सम्पादन गर्दै संगठनको श्रीवृद्धिमा मन, वचन र कर्मले समर्पित हुने प्रतिबद्धता व्यक्त गरे ।

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृत एवं जवानहरूको समेत उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्