जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ३ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ४ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ४ घन्टा अगाडि
  • होमपेज
  • नोर्ड स्ट्रीम विस्फोट अनुसन्धानबारे रूसको मस्यौदा प्रस्तावमा चीनको समर्थन

नोर्ड स्ट्रीम विस्फोट अनुसन्धानबारे रूसको मस्यौदा प्रस्तावमा चीनको समर्थन

एजेन्सी । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले नर्ड स्ट्रिम पाइपलाइनको विषयमा रूसले तयार गरेको संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद् (युएनएससी) को मस्यौदा प्रस्तावलाई चीनले समर्थन गरेको बताएका छन् ।

गत फेब्रुअरीमा सुरक्षा परिषद्मा ग्यास पाइपलाइन प्रकरणमा अन्तर्राष्ट्रिय स्वतन्त्र छानबिन आयोग गठन गर्न माग गर्दै रूसले तयार पारेको प्रस्तावको मस्यौदाबारे सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा वाङले उक्त टिप्पणी गरेका हुन् ।

रूसले मस्यौदामाथि मौन प्रक्रिया सुरु गरेको भनिएको छ, तर संयुक्त राज्य अमेरिका र यूएनएससीका केही अन्य पश्चिमी सदस्यराष्ट्रहरूले मौनता तोडेर त्यस्तो आयोगप्रति आपत्ति जनाएका थिए ।

नोर्ड स्ट्रिम पाइपलाइन विस्फोटको महत्वपूर्ण प्रभावलाई उल्लेख गर्दै अन्तर्राष्ट्रिय समुदायका अधिकांश सदस्यहरूले सत्य पत्ता लगाउन आग्रह गरेको वाङले बताए।

“रूसले प्रस्ताव गरेको प्रस्तावको मस्यौदा संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय अनुसन्धानलाई बढावा दिनका लागि हो,” वाङले भने, “चीन यस विचारसँग सहमत छ र मस्यौदालाई समर्थन गर्दछ,”।

तपाइको प्रतिक्रिया दिनुहोस्