
नेपाल प्रिमियर लिगको टोली सुदूरपश्चिम रोयल्सले दोस्रो संस्करणका लागि रिटेन र रिलिज गरिएका खेलाडीको सूची सार्वजनिक गरेको छ । सुदूरपश्चिमले राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दिपेन्द्रसिंह ऐरीलाई पुनः मार्की खेलाडीको रूपमा रिटेन गरेको छ ।
त्यस्तै रिटेन गरिएका अरु प्रमुख खेलाडीमा विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, इशान पाण्डे र नरेन साउद छन् । त्यस्तै रिलिज भएका खेलाडीमा अर्जुन कुमाल, नरेश बुढाथोकी, खडकबहादुर बोहरा, भोजराज भट्ट, अमित श्रेष्ठ र वसन्त खत्री रहेका छन् ।
नेपाल प्रिमियर लिगको पहिलो सिजन सुदूरपश्चिम उपविजेता बनेको थियो । फाइनलमा सुदूरपश्चिम जनकपुर बोल्ट्ससँग ५ विकेटले पराजित भएको थियो ।