जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ५ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ५ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ५ घन्टा अगाडि
  • होमपेज
  • सडक मानव मुक्त भयो दाङको तुलसीपुर

सडक मानव मुक्त भयो दाङको तुलसीपुर

तुलसीपुर (दाङ) । तुलसीपुरमा कुनै समय सडक मानव छ्याप्छयाप्ती हुन्थे तर अहिले यो सानो सहर सहयोगापेक्षी सडक मानवबाट मुक्त भएको छ । अन्यत्रबाट आएका सडक मानवलाई पनि उद्धार गरेर मानव सेवा आश्रममा लैजाने गरिएकाले अहिले तुलसीपुरमा सडक मानव भेटिँदैनन् ।

मानव सेवा आश्रमका प्रमुख हिरु जोशीका अनुसार प्रत्येक शनिबार तुलसीपुर बजार अनुगमन हुँदै आएको र त्यस क्रममा सडक मानव भेटिएका छैनन् । सबै सडक मानवलाई उद्धार गरेर आश्रममा राख्न थालेपछि अब यहाँ त्यस्ता मानिस नभेटिका हुन् ।

हालसम्म ६० जनाभन्दा बढीलाई उपचारपछि पुनः स्थापना गरिएको छ । “हामी आश्रममा ल्याएर उपचार गर्छौँ, खाना, बास दिन्छौँ”, उनले भने, “सन्चो भएर घर थाहा पाउने भएपछि परिवारको जिम्मा लगाउँछौँ, सोहीअनुसार अहिलेसम्म ६० जनालाई परिवारमा मिलन गरिसकेका छौँ ।” पुनः मिलनपछि स्वास्थ्यका बारेमा ‘फलो अप’ पनि हुने गरेको उनले जानकारी दिए ।

अहिले पनि संस्थामा ८३ जनालाई आश्रय दिइएको प्रमुख जोशीले बताए । तीमध्ये केहीलाई छिटो सन्चो हुने र केहीलाई दुई–तीन वर्षसम्म पनि सन्चो नहुने अवस्था रहेको उनले जानकारी दिए। वडा कार्यालय, प्रहरीलगायत सर्वसाधारणले त्यस्ता व्यक्तिलाई आश्रममा ल्याइदिने गरेका छन् । मनकारी दाताको सहयोगमा आश्रम सञ्चालन भइरहेको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्